काभ्रे १ मा गणेश लामासहित कांग्रेसबाट पाँच उम्मेदवार सिफारिस
बनेपा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर–१ ले उम्मेदवार सिफारिस गरेको छ ।
मंगलबार बसेको नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–१ बैठकले फागुन २१ मा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार सिफारिस गरिएको हो ।
बैठकले सो क्षेत्रको प्रतिनिधिसभा प्रत्यक्षतर्फ गणेश लामासहित ५ जनाको नाम सिफारिस गरेको छ । लामासहित गुणराज मुक्तान, तीर्थ बहादुर पसखल, बिदुर बस्नेत र रसिला खनाललाई उम्मेदवार सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधि सभा समानुपातिकतर्फ हर्षजित लामा (आदिवासी जनजाति), ललिता किङरिङ (आदिवासी जनजाति महिला), हरि बहादुर बल (आदिवासी जनजाति), मीरा नेपाली (दलित), उद्धव कोइराला (अपांग) र बाबुराम गिरी (अल्पसंख्यक) को नाम सिफारिस गरिएको छ ।
बैठकले राष्ट्रियसभातर्फ इन्द्रमणि अधिकारी र ईश्वरी प्रसाद ओझाको नाम सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण