फष्टलुक्समा यस्तो देखियो बल्छी धुर्बेकाे ‘गोबर गणेश’
सारांश
- बल्छी धुर्बे निर्देशित फिल्म 'गोबर गणेश'को पोस्टर सार्वजनिक, जसमा मुख्य कलाकारहरु छन्।
- फिल्ममा बल्छी धुर्बे र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ, र यो माघ १ गते रिलिज हुनेछ।
- पोस्टरमा कलाकारहरु खुसी मुद्रामा देखिएका छन् र फिल्मले दर्शकको माया पाउने अपेक्षा गरिएको छ।
काठमाडौँ । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’को पष्टलुक्सपोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने फिल्मको पोस्टरमा मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ ।
वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् । दुवै प्रसन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू खुसीखुसी जिन्दगी बिताइरहेको प्रतीत हुन्छ ।
पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् । रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ । पृष्ठभूमिमा सहरका बाक्ला घर छन्, जो कीर्तिपुर सहर जस्तो देखिन्छ ।
तर, यसबारे निर्माणपक्षले केही जानकारी भने दिएको छैन । पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ सानो पर्दामा जस्तै ठुलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए । दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने,पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।
शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहने फिल्मको टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहनेछ । फिल्मको वितरण नेपालमा श्रीब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण