अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते
काठमाडाैँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताएका छन् ।
रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रको आवासीय क्षेत्रमा प्रवेश गरेर गाउँलेहरूलाई आक्रमण गरी सात जनालाई घाइते बनाएको थियो । सबै घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएकोसमेत रहीमीले बताए।
आक्रमण मानव वन्यजन्तु तथा विच उत्पन्न द्वन्द्वको वृद्धिको कारण भएको जनाइएको छ । कठोर जाडोको कारण ब्वाँसो , चितुवा लगायतका शिकारी जनावरहरूलाई अफगानिस्तानको दुर्गम पहाडहरूबाट खानाको खोजीमा जनसङ्ख्या भएका क्षेत्रहरूमा आउन बाध्य पारेको जनाइएको छ ।
यस अघि, उत्तरी बदख्सान प्रान्तको दुर्गम गाउँमा एउटा चितुवाले स्थानीयको गाईवस्तुको समुहमा आक्रमण गरी एकै पटकमा ४५ वटा भेडाको हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण