यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछ : राजेन्द्र लिङदेन
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन् । बुधवारबाट काठमाडौँमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष लिङदेनले संविधान असफल भइसकेको र यही निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे । उनले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने समेत बताए । नवगठित नेपाली कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै जनताको बीचमा जान नसक्ने अवस्था भएपछि नामै परिवर्तन गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे ।
अध्यक्ष लिङदेनले जनतामा जान सक्ने र जनताले आशा गरेको पार्टी राप्रपा मात्रै भएको समेत बताए। उनले भने, ‘असफल भइसकेको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावधि निर्वाचन गर्ने निर्णय भएको छ । त्यसले मुलुकलाई निकास दिने र समाधान दिने होइन । त्यसले थप जटिलताहरु पैदा गर्ने र अहिले देखिएको समस्यालाई अलि पर ठेल्ने मात्रै काम गर्नेछ भन्ने हाम्रो धारणा छ ।’
उनले थप भने, ‘हामी प्रारम्भिक रुपमा पनि यो सरकार बन्ने क्रममा आफ्नो धारणा व्यक्त गरेका छौँ । र आज देखिँदै पनि गएको छ । यथास्थितिमा चुनाव समस्याको समाधान होइन भन्नेकुरा प्रष्ट भएको छ । त्यसकारण यस्तो बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीको यो बैठक अत्यन्तै ऐतिहासिक र महत्वपूर्ण छ । जनताले अहिले आशाको नजरले हेरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो ।’
अध्यक्ष लिङदेनले मुलुकलाई निकास दिन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी गरेर अघि बढ्नुपर्ने अडान समेत दोहोर्याए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण