जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित
काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनको क्रममा निर्वाचन आयोग क्षति हुनबाट जोगाउन सफल तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म काठमाडाैँलाई आयोगले बुधबार सम्मान गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय रामप्रसाद भण्डारीले मंसिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्नु भई सशस्त्र प्रहरी बल, नेपालले आयोगको सुरक्षामा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद समेत दिएका छन् ।
गत भाद्र २४ गते काठमाडौँ महानगरपालिका–२७ कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीहरूलाई अगाडी बढ्न नदिई मुख्य गेटको केही भित्र रोकी सम्झाई बुझाई गरेको थियो ।
त्यति गर्दा समेत भिड थप आक्रोशित भएपश्चात् उक्त टोलीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिई आयोग क्षति हुनबाट जोगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण