जेनजी र सरकारबिचकाे सम्झौता ऐतिहासिक: जर्नादन शर्मा
सारांश
- पूर्वमन्त्री जर्नादन शर्माले सरकार र जेनजीबीचको १० बुँदे सम्झौतालाई ऐतिहासिक भनेका छन्।
- सम्झौताले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने, र स्मारक बनाउने उल्लेख छ।
- शर्माले सम्झौताको कार्यान्वयन नै वास्तविक सफलताको आधार हुने बताएका छन्।
काठमाडौँ । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जर्नादन शर्माले सरकार र जेनजीबिच बुधबार भएको दस बुँदे सम्झौतालाई ऐतिहासिक भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै शर्माले यस्तो बताएका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी जनआन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा आन्दोलनकारी प्रतिनिधिहरूको उपस्थितिमा विस्तृत १० बुँदे समझदारीमा हस्ताक्षर भएको थियो ।
सम्झौताअनुसार आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्ने, सहिद परिवार र घाइतेहरूको निःशुल्क उपचार, क्षतिपूर्ति, शिक्षा र रोजगारीको ग्यारेन्टी राज्यले प्रदान गर्ने उल्लेख छ । साथै अर्थपूर्ण स्मृतिकरण का लागि पार्क वा स्मारक निर्माणको व्यवस्था पनि गरिएको छ ।
सम्झौता सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता शर्माले यो सम्झौताले जनताले, विशेषतः युवाले उठाएको आवाजलाई औपचारिक मान्यता दिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘सरकार र जेनजीबिच आज भएको दश बुँदे ऐतिहासिक सम्झौताले भ्रष्टाचार, दलतन्त्र र कुशासन विरुद्ध नेपाली जनता, विशेषतः युवा पुस्ताले उठाएको आवाजलाई औपचारिक मान्यता दिएकोमा दुवै पक्षलाई हार्दिक बधाई र धन्यवाद।’
सम्झौताले आन्दोलनमा सहभागी सबै जेनजीहरूलाई एकताबद्ध गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले कार्यान्वयन नै सम्झौताको वास्तविक सफलताको आधार हुने उल्लेख गरे ।
शर्माका अनुसार, ‘यो सम्झौता कागजमा सीमित नभई कार्यान्वयन भएर सार्थक बन्नु पर्छ। पूर्ण कार्यान्वयनका लागि सबै पक्षको साथ र सरकारले लिने प्रभावकारी कदमले नै अर्थ राख्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण