एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै
सारांश
- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ।
- बैठकमा जनपरिचालनको तयारी र अन्य समितिका सुझावबारे छलफल हुनेछ।
- महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूपबारे पनि जानकारी गराइनेछ।
काठमाडौँ । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक अहिले केहीबेरमा बस्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।
‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिपोर्टिङ गर्नुहुन्छ ’ गौतमले भने ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितिका तर्फबाट पनि सुझाव दिइने छ ।’ मूल समितिको संयोजक महासचिव शंकर पोखरेल रहेका छन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ रहेका छन् ।
आज १४ वटै समितिका संयोजकहरूले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूपका विषयमा पनि जानकारी गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण