टोलीमा फर्किनका लागि सालाहले गल्ती स्वीकार गर्नुपर्ने स्लटको सङ्केत
सारांश
- लिभरपुलका प्रशिक्षक आर्ने स्लटले मोहम्मद सालाहलाई टोलीमा फर्किन पहल गर्नुपर्ने बताएका छन्।
- सालाहले आफूलाई 'बलीको बोको' महसुस गरेको प्रतिक्रिया दिएपछि उनलाई टोलीबाट हटाइएको थियो।
- च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको जितपछि प्रशिक्षक स्लटले सालाहको टोलीमा पुनरागमनबारे संकेत गरे।
लण्डन । लिभरपुलका प्रशिक्षक आर्ने स्लटले इजिप्टका फरवार्ड मोहम्मद सालाह सप्ताहन्तमा भएको उनको भनाइपछिको विवादबाट बाहिर निस्किएर टोलीमा फर्किनका लागि आफैँले पहल गर्नुपर्ने सङ्केत दिएका छन्।
मंगलबार राति सान सिरोमा इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगमा १-० को महत्त्वपूर्ण जित निकालेको लिभरपुलको टोलीबाट सालाहलाई हटाइएको थियो। तर अब सबैको ध्यान शनिबार ब्राइटनविरुद्धको खेलमा ३३ वर्षीय सालाह टोलीमा फर्किन्छन् कि फर्किँदैनन् भन्नेमा केन्द्रित भएको छ।
सालाहलाई गत सप्ताहन्तमा लिड्ससँगको ३-३ को बराबरीपछि उनले दिएको टिप्पणीका कारण यात्रा गर्ने टोलीबाट बाहिर राखिएको थियो। उनले स्लटको सुरुवाती टोलीबाट लगातार तीन खेलमा बाहिरिएपछि आफूलाई ‘बलीको बोको’ महसुस भएको बताएका थिए।
इजिप्टका फरवार्डलाई घरैमा छोडिए पनि लिभरपुलले लाउटारो मार्टिनेज र मार्कस थुरामजस्ता खेलाडीहरूलाई नियन्त्रणमा राख्न सफल भएको थियो । पछि फ्लोरियान विर्ट्जको जर्सी अलेसेन्ड्रो बास्टोनीले तानेपछि सोबोस्लाईले पेनाल्टीमार्फत गोल गरे।
क्लबको हालैको खराब प्रदर्शनलाई रोक्न दबाबमा रहेका प्रशिक्षक स्लटका लागि यो जित निकै महत्त्वपूर्ण थियो। यस जितले अघिल्लो खेलमा पीएसभी आइन्ढोभेनसँग ४-१ को निराशाजनक हारपछि लिभरपुल च्याम्पियन्स लिग लिग चरणको शीर्ष आठमा उक्लिएको छ।
स्लटले मंगलबार रातिको खेलअघि नै सालाहले पश्चात्ताप महसुस र माफी मागे भने टोलीमा फर्किने बाटो खुल्ने सङ्केत दिएका थिए। उनले जितपछि पनि सोही कुरा दोहोर्याए, तर पहिलो पहल खेलाडी आफैँबाट हुनुपर्ने आशय व्यक्त गरे।
स्लटले अमेजन प्राइममा भने, ‘तपाईं भन्नुहुन्छ कि जीवनमा सबैले गल्ती गर्छन्, त्यसैले पहिलो कुरा यो हुनुपर्छ – के खेलाडीले पनि आफूले गल्ती गरेको सोच्छन् ? र त्यसपछि अर्को प्रश्न यो हो कि पहल मबाट आउनुपर्छ कि उहाँबाट ? त्यो अर्को जवाफ दिनुपर्ने प्रश्न हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण