मधेसका वडामै अड्कियो कांग्रेस क्रियाशील सदस्यता विवाद
सारांश
- नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विवाद चर्किएको छ, विशेष गरी मधेस प्रदेशमा समस्या देखिएको छ।
- मधेस प्रदेशका जिल्लाहरूमा क्रियाशील सदस्यता विवाद नभएको दाबी गरिए पनि, वडा तहमा प्रक्रिया अड्किएको छ।
- जिल्ला सभापतिहरूले विवाद नभएको बताएका छन्, तर सदस्यताका लागि सिफारिस गर्ने प्रक्रिया अझै पूरा भएको छैन।
जनकपुरधाम । नेपाली कांग्रेसको जब महाधिवेशन आउँछ, क्रियाशील सदस्यता विवाद बल्झिहाल्छ । अहिले पनि आगामी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै विवाद चर्किसक्यो, जसको व्यवस्थापन गर्न जिल्ला कमिटीदेखि केन्द्र नै लागिपर्नुपर्ने अवस्था छ ।
क्रियाशील सदस्यासम्बन्धी सबैभन्दा बढी विवाद मधेस प्रदेशमै हुने गर्छन् । मधेसमा पनि सप्तरीमा सबैभन्दा बढी किचलो देखिएको छ । सर्लाही, रौतहट तथा बारामा पनि उस्तै छ ।
तर बाहिर विवाद भए पनि नेता–कार्यकर्ताहरू यसलाई अस्वीकार गर्छन् । उनीहरूका अनुसार मधेसका कुनै पनि जिल्लामा क्रियाशील सदस्यता विवाद छैन र समयमै सदस्यतासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरेर केन्द्रमा पठाउने तयारी गरिएको छ ।
तर कांग्रेस मधेस प्रदेश कार्यालय सचिव सन्तुप्रसादले भने अहिलेसम्म सदस्यतासम्बन्धी फाइल कुनै पनि जिल्लाबाट प्रदेश कमिटीमा नआइपुगेको बताएका छन् । यद्यपि विवाद भने कतै नभएको उनी पनि बताउँछन् । ‘सदस्यतासम्बन्धी विवाद कुनै पनि जिल्लामा छैन, जिल्लाहरूमा अहिले क्षेत्रमै क्रियाशील सदस्यता मिलाउने कार्य चलिरहेको छ, त्यसैले केही दिनभित्रै प्रदेश कमिटीमा आइपुग्नेछ,’ उनले भने ।
कांग्रेसमा प्रत्येक वडाबाट ५१ जना सदस्यको नाम पठाउनुपर्ने छ । नयाँ सदस्यतामा थोरबहुत विवाद देखिए पनि त्यो ठुलो समस्या नभएको उनको बुझाइ छ ।
जिल्ला सभापतिहरू पनि क्रियाशील सदस्यता विवाद नभएको बताउँछन् । तर, प्रदेशका अधिकांश जिल्लामा क्रियाशील सदस्यताको विषय वडामै अड्किएको छ ।
कांग्रेस महोत्तरी सभापति नागेश्वर यादव आफ्नो जिल्लाको कुनै पनि स्थानमा क्रियाशील सदस्यता विषयमा विवाद नरहेको दाबी गर्छन् । वडाहरूमा यससम्बन्धी फाइल तथा नामहरू मिलाउने कार्य भइरहेको र केही दिनभित्रै क्षेत्र हुँदै जिल्लामा आइपुग्ने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै कांग्रेस रौतहट सभापति सुनिल कुमार यादवले पनि क्षेत्रहरूबाट नाम प्राप्त भइसकेको र अहिले इन्ट्री गर्ने कार्य भइरहेको जानकारी दिए । नाम इन्ट्री हुनासाथ सीधै केन्द्रमा क्रियाशील सदस्यतासम्बन्धी फाइल पठाउने उनले बताए ।
सर्लाहीमा पनि क्रियाशील विवाद देखिएको छ । तर बाहिर हल्ला गरिएजस्तो कुनै प्रकारको विवाद नरहेको त्यहाँका नेता कार्यकर्ताहरू बताउँछन् । सर्लाहीमा क्रियाशील सदस्यताको प्रक्रिया वडामै अडकिएको छ ।
कांग्रेस धनुषा सभापति योगेन्द्र पजियारले आफ्नो जिल्लामा कतै पनि कुनै प्रकारको विवाद नरहेको र नाम टुंग्याउने काम भइरहेको बताए ।
कांग्रेसमा हाल राष्ट्रियसभाका साथै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामसमेत सिफारिस गर्नुपर्ने भएकाले प्रदेशका अधिकांश जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया वडामै अड्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण