बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ
काठमाडाैँ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सन् २०२६ मा विश्वका १३३ देशका सात करोड ३० लाख बालबालिकालाई जीवनरक्षक सहयोग पुर्याउन सात अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ ।
संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार, विश्वभरमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेका छन्, जसले बालबालिकाको आवश्यकता झन् बढाएको छ ।
दातृ मुलुकहरूबाट कम हुँदै गएको सहयोगले युनेसेफका कार्यक्रमहरू प्रभावित बनेका छन्, र सन् २०२४ तथा सन् २०२५ मा देखिएको स्रोत अभावले संस्थालाई कठिन निर्णय लिन बाध्य पारेको छ ।
उनका अनुसार पोषण कार्यक्रममै सन् २०२५ का लागि देखिएको ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ । त्यस्तै, शिक्षाका क्षेत्रमा सात करोड ४५ लाख डलर बराबरको कमीले धेरै बालबालिका सिकाइ, संरक्षण र स्थिरताको जोखिममा परेका छन् ।
फरहान हकले सरकार र दातृ संस्थाहरूलाई दीर्घकालीन र लचिलो आर्थिक सहयोग उपलब्ध गराउन, स्थानीय निकायसँग सहकार्य विस्तार गर्न तथा मानवीय सिद्धान्तलाई प्राथमिकतामा राख्न अनुरोध गरे ।
युनिसेफका अनुसार सहयोग आवश्यक परेकामध्ये तीन करोड ७० लाख बालिका छन्, र ९ लाखभन्दा बढी अपाङ्गता भएका बालबालिका रहेका छन् ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रस्सेलले द्वन्द्व, विपत्ति, विस्थापन र आर्थिक अस्थिरताले बालबालिका असाधारण कठिनाइमा परेको बताउँदै, हिंसा, भोकमरी, जलवायु संकट तथा अत्यावश्यक सेवाको पतनले उनीहरूको जीवन गम्भीर असरमा परेको उल्लेख गरे ।
उहाँका अनुसार हाल देखिएको विश्वव्यापी वित्तीय अभावले मानवीय आवश्यकता घटेको होइन, बरु पीडा र उपलब्ध स्रोतबिचको अन्तर अझै बढ्दै गएको सङ्केत गरेकाे छ ।
युनिसेफका अनुसार सन् २०२६ मा २० करोडभन्दा बढी बालबालिकालाई सहायता आवश्यक पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण