चलचित्र ‘एक्लो’को ट्रेलर सार्वजनिक
काठमाडौँ । चलचित्र ‘एक्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा चलचित्रको विषयवस्तु झल्काउन खोजिएको छ ।
चलचित्रले खतरनाक भाइरसले गर्दा सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भनेको छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्ष यात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन् ।
ट्रेलरमा अभिनेता प्रदीप खड्का, विजय लामा अहिलेसम्मकै फरक अवतारमा देखिएका छन् भने अभिनेत्री कविता नेपाली एक्सन अवतारमा प्रस्तुत भएकी छन् ।
नेपालमा निर्माण भएको यो पहिलो साइन्स फिक्सन चलचित्र पनि हो । फिल्ममा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डीसी लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी खत्री हुन् ।
सन् २०२५ को कान्स फिल्म फेस्टिभलमा समेत उपस्थिति जनाएको चलचित्र आगामी १७ पुस अर्थात १ जनवरी, २०२६ मा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय देख्न सकिन्छ । फिल्ममा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गरेका छन् ।
काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा छायाङ्कन गरिएको फिल्मको केही सिरिजनै आउने बताइन्छ । फिल्म शाई प्रोडक्सन्स नेपालको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण