काठमाडौँ र भक्तपुरमा तीन जना मृत फेला
शुक्रबार, २६ मङ्सिर २०८२, १३ : ३७
सारांश
- काठमाडौं र भक्तपुरमा गरी तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
- काठमाडौंको दोभानपुल र गौशालामा दुई जना तथा भक्तपुरमा एक जना मृत फेला परेका हुन्।
- प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा गरी तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका-३२, दोभानपुलस्थित बागमती खोलामा बिहीबार सोही स्थानमा बस्ने ५५ वर्षीय बैजहरी भट्टराई मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी, काठमाडौं महानगरपालिका-९, गौशाला रून्चेडाँडास्थित ओम सहारा गेष्ट हाउसमा रामेछाप दोरम्बा गाउँपालिका-२ घर भएका अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ शुक्रबार मृत फेला परेका छन्।
भक्तपुरतर्फ भक्तपुर नगरपालिका-८, च्यामासिंहस्थित पाटीमा बिहीबार हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
प्रहरीले यी तीनवटै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण