कांग्रेसका सहमहामन्त्री पाण्डेसहित ३ नेता निर्वाचन नलड्ने
सारांश
- नेपाली कांग्रेसका तीन निवर्तमान सांसदहरूले फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे।
- सहमहामन्त्री बद्री पाण्डे, रामनाथ अधिकारी र राजेन्द्र केसीले निर्वाचन नलड्ने बताए।
- केसीले पार्टी रूपान्तरण र पुस्तान्तरणका लागि आफूले निर्वाचन नलड्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका तीन निवर्तमान सांसद फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । निर्वाचन नलड्ने घोषणा गर्नेमा सहमहामन्त्री बद्री पाण्डे, रामनाथ अधिकारी र राजेन्द्र केसीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।
कांग्रेस सहमहामन्त्री पाण्डेले आगामी फागुनमा हुने प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका हुन् । बाजुरामा बिहीबार आयोजित निर्वाचनकेन्द्रित पार्टी बैठकमा निवर्तमान सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डे विघटित प्रतिनिधिसभामा बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको निर्वाचनसम्बन्धी कार्यक्रममा बताएका थिए । आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने र निर्वाचन नलड्ने पाण्डेको भनाइ थियो ।
त्यस्तै केन्द्रीय सदस्य केसीले पनि निर्वाचन नलड्ने बताएका छन् । काठमाडौँको क्षेत्र नम्बर १० मा लगातार तीन निर्वाचन जितेका केसीले अब निर्वाचन नलड्ने बताएका हुन् ।
प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब निर्वाचन नलड्ने उनको भनाइ छ । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै यो कामको अगुवाइ गरेको केसी बताउँछन् । केसी काठमाडौँ १० बाट २०७०, २०७४ र २०७९ मा निर्वाचित भएका थिए ।
कांग्रेस धादिङका सभापति एवं निवर्तमान मन्त्री अधिकारीले पनि आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा अधिकारीले २१ फागुनमा तय भएको निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् ।
अधिकारी ओली नेतृत्वको सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण