पार्टीका असन्तुष्ट पक्षलाई मिलाएर राख्न ओलीलाई पाण्डेको सुझाव
सारांश
- राजेन्द्रप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी ओलीलाई पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउन सुझाव दिए ।
- एमालेको ११औँ महाधिवेशनमा ओलीलाई पुनः अध्यक्ष बनाउने तयारी भएपछि ईश्वर पोखरेल समूह असन्तुष्ट बनेको छ ।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएपछि पार्टीभित्रको अन्तरविरोध झन् चर्किएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमाले भित्रका असन्तुष्ट पक्षलाई मिलाएर राख्न अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।
शनिबारदेखि सुरु हुने एमालेको ११ औँ महाधिवेशनबारे प्रतिक्रिया दिँदै पाण्डेले ओलीलाई सुझाव दिएका हुन् । एकता सन्देश सभालाई सम्बोधन गर्न गोरखा पुगेका उनले रातोपाटीसँग भने– ‘हामीलाई त पेलेर पार्टीबाट निस्कन बाध्य बनाउनुभयो । तर बाँकी रहेकालाई पनि निस्कन बाध्य नपार्नोस् । सबैलाई मिलाएर राख्नोस् । यही सुझाव छ ।’
नयाँ नेतृत्वको लागि हुन लागेको यो महाधिवेशनबाट पुनः ओलीलाई नै अध्यक्ष बनाउने गरी विधान संशोधन गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह असन्तुष्ट देखिएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएपछि अन्तरविरोध चर्किएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा दुवै पक्षले आ-आफ्ना तयारी थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण