बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजसंस्था सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

शुक्रबार, २६ मङ्सिर २०८२, १७ : ०४
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था जनमत संग्रहबाट नभइ सबैको सहमतिबाटै पुनःस्थापित हुनुपर्ने बताएको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट स्थापित हुनु नहुने बताए । उनले राजसंस्था पुनःस्थापनका लागि यदाकदा जनमत संग्रहको कुरा उठ्ने गरेको भन्दै राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था भएको बताए ।

राजसंस्थाको पुनःस्थापना जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट हुनु नहुने बताए । आफूहरुको परिकल्पनाको राजा राप्रपाको मात्र राजा नभइ देशको साझा संस्था हुने बताए ।

राजसंस्था अल्पमत वा बहुमतबाट स्थापित हुने संस्था नभएको समते उनले बताए  । यस प्रकारका साझा संस्थाहरुलाई अल्पमत र बहुमतबाट निर्णय गर्न थालियो भने त्यसले झन जटिलता पैदा गर्ने खतरा रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप