सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेश र स्वदेशमै अन्तर जिल्लाबाट मतदानको व्यवस्था गर्न राप्रपाको माग

शुक्रबार, २६ मङ्सिर २०८२, १७ : १३
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै पनि अन्तर जिल्लाबाट मतदानको व्यवस्था गर्न आगामी निर्वाचनमै सम्भव रहेको बताएको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंसिर २४, २५ र २६ गते तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारसमक्ष यस्तो माग गरेको हो । त्यसको सुनिश्चितता गरेर मात्र निर्वाचनको प्रक्रिया अघि बढाउन राप्रपाले माग गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

राजसंस्था जनमत संग्रहबाट नभई सबैको सहमतिबाटै पुनःस्थापित हुनुपर्ने समेत राप्रपाले बताएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप