एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए
काठमाडाैँ । नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् । पार्टीको एघाराैँ महाधिवेशनको क्रममा शुक्रबार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् ।
सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो टोपी पार्टीको केन्द्रिय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो । सो टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रुपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जिव रोकाले बताए । उनले आफू महाधिवेशनको तयारीमा उत्साहका साथ लागेको प्रतिक्रिया समेत दिए । उनले भने, ‘यो मैले लगाईराखेको सूर्य अंकित सुर्य टोपी यसलाई मेरो विभागले ब्रान्डिङ गरेको छ । अहिले नेकपा एमालेका सबै कार्यकर्ताको शीरमा सुर्य अंकित टोपी सबैको शीरशीरमा लगाउन खोजिराखेका छौ । आज तपाईले अधिकांशलाई देख्न सक्नुहुन्छ । उहाँहरुले यहाँ त्यो टोपी लगाउनु भएको छ । र, यो टोपीबाट आएको मुनाफाबाट हामीले विभागले वार्षिक हिसावले प्रकाशन गर्ने गरेको कितावमा खर्च गरिनेछ ।’
एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्र मंसिर १७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । सो उद्घाटन सत्रमा ३ लाख भन्दा जनताको सहभागिता गराउने एमालेले दाबी गर्दै आएको छ । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण