चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ ।
नुवाकोट बेलकोट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार यही मङ्सिर २४ गते राति सिनामङ्गलस्थित राजश्री फाइनान्सबाट र गएराति १२ः३० बजे काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरीको रु १० लाख २३ हजार ५०० नगद र विभिन्न सामानसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका गजुरेललाई काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
निजविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहार शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका जनाउँदै उनले केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागी फरार रहेको देखिएको बताए ।
निजको साथबाट चोरीका सामानसहित खैरो रङको सोने लेखेको ब्याग एक थान, चोरी गर्दा प्रयोग गरेको हरियो रङको हुडी एक थान, स्पोर्ट लेखेको पञ्जा एक थान, चाँदीजस्तो धातु देखिने पाएल दुई थान, क्यानन क्यामेरा एक थान, नेक्सजेन लेखेको हार्डड्राइभ एक थान, विड् इलिमेन्टस् लेखेको हार्ड ड्राइभ एक थान, रजिष्टर एक थान, नागरिकता, विभिन्न कागजात तथा बैंकको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण