गण्डकीमा मानसिक अस्पतालको अभाव
सारांश
- गण्डकी प्रदेशमा मानसिक अस्पतालको अभाव रहेको छ, जसले गर्दा बिरामीहरूले उपचार पाउन कठिनाइ भइरहेको छ।
- स्वास्थ्य मन्त्रालयले पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउन पहल गरे पनि त्यो सफल हुन सकेको छैन।
- गण्डकीमा मानसिक स्वास्थ्य समस्याका कारण दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ।
गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टीकृत र सुविधायुक्त अस्पतालको अभाव छ ।
अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका बिरामी महँगो खर्चमा काठमाडौँका अस्पतालमा पुग्न बाध्य छन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार गण्डकी प्रदेशमा हालसम्म मानसिक अस्पताल छैन ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरामा विशिष्टीकृत अस्पताल सरहको मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल गरे पनि त्यसले सार्थकता पाइनसकेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति, कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि गत वर्षदेखि छलफल हुँदै आएको थियो ।
स्वास्थ्यमन्त्री पाठकले मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यकता औँल्याए । उनका अनुसार गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ ।
मन्त्रालयले मानसिक रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्ने गरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि पहल अगाडि बढाएको थियो । पोखराको सिर्जना चोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्ने गरी विभिन्न चरणमा छलफल भएको मन्त्री पाठकले बताए ।
गत वर्ष नै सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतको बैठकले केन्द्र निर्माणका लागि आवश्यक सबै तयारी र पहल अगाडि बढाउने निर्णय गरेको थियो ।
मानसिक रोगको उपचार गर्ने अस्पतालका रूपमा मात्रै नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्ने योजना बनाइएको स्वास्थ्यमन्त्री पाठकले बताए । अन्य अस्पतालबाट मानसिक रोगको पनि उपचार तथा परामर्श सेवा प्रदान गरिए पनि गण्डकी प्रदेशमा मानसिक रोगसम्बन्धी छुट्टै विशिष्टीकृत अस्पताल अहिलेसम्म बनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण