बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल

शनिबार, २७ मङ्सिर २०८२, ०९ : ३९
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • जसपा नेपालले जिल्लास्तरीय विरोध सभा आयोजना गर्दैछ, जसले २८ बुँदे मागहरू राखेको छ।
  • पार्टीले पुस १२ गतेदेखि प्रदेशस्तरीय जनप्रदर्शन र विरोध सभा गर्ने योजना बनाएको छ।
  • जसपा नेपालले संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति लगायतका मुद्दाहरू उठाएको छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा गर्न लागेको छ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू अघि सार्दै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा, जनसभा गर्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यस अघि सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमअन्तर्गत आजदेखि सबै जिल्ला समितिहरूलाई जिल्लास्तरीय विरोध सभा तथा  जन सभाका कार्यक्रमहरू गरी पार्टीले उठाएका माग र मुद्दालाई जनतासमक्ष पुर्याउन मातहत समितिलाई सर्कुलर गरिएको उनले बताए ।

त्यसैगरी पार्टीले पुस १२ गतेदेखि प्रत्येक प्रदेशहरूमा प्रदेश स्तरीय जनप्रदर्शन एवं विरोध सभाको कार्यक्रमको तय गरेको छ ।

जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्थालगायतका माग र मुद्दा उठाउँदै मंङ्सिर १० गतेदेखि सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप