सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ

शनिबार, २७ मङ्सिर २०८२, १४ : १३
शनिबार, २७ मङ्सिर २०८२

कास्की । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन्।

शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरेका हुन् । मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए । 

उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तिब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।

मन्त्री घिसिङले मुलुकको पूर्वाधार विकासको कामले तिव्रता नपाउनुमा निर्माण व्यवसायीहरु जिम्मेवार रहेको आरोप समेत लगाए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप