लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्बरी छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजय र लोकतन्त्र अजम्बरी रहेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो’, ओलीले भने, ‘संविधान र लोकतन्त्रसहितका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो ।’
उनले जनेजी आन्दोलनपछि पुराना नेता र दलका दिन गए भनेर भाष्य निर्माण गर्न खोजिए पनि महाधिवेशनमा धुवा, खरानी र निषेधलाई चिर्दै जनसागर उर्लिएको बताए ।
‘...त्यसैले लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्मरी छ’,ओलीले भने, ‘देश र सम्पूर्ण जनतालाई समृद्ध र सुखी बनाउने हाम्रो गन्तव्य अघि बढिरहेका छ ।’
एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने कुरा स्टन्ट मात्र नभएर साकार पारेरै छाड्ने दाबी ओलीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण