जेनजी विद्रोह विस्फोट हुनुमा जिम्मेवारी लिनुपर्छ : कवीन्द्र बुर्लाकोटी
शनिबार, २७ मङ्सिर २०८२, १५ : ४९
सारांश
- रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनआन्दोलनको विस्फोटमा पुरानो राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहराए।
- उनले सरकारमा रास्वपाको समेत जिम्मेवारी रहने र राज्यविहीनताको अवस्थाबारे विश्लेषण आवश्यक रहेको बताए।
- बुर्लाकोटीले एमालेलाई निर्वाचन र लोकतन्त्रलाई सही मार्गमा ल्याउन आग्रह गर्दै रवि लामिछानेलाई प्रतिशोधपूर्ण व्यवहार गरिएको उल्लेख गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन विस्फोट हुनुमा ३०, ३५ वर्ष राज्यको नेतृत्व गरेका सबै राजनीतिक दलले जिम्मेवारी दिनुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै बुर्लाकोटीले यस्तो बताएका हुन् ।
‘सरकारमा रहेका बेलाको जति भाग आए रास्वपाले समेत जिम्मेवारी लिनेछ’, बुर्लाकोटीले भने– ‘केही घण्टा राज्य विहीनता र प्रधानमन्त्री समेत सेनाको हेलिकप्टबाट हिँड्नुपर्ने अवस्था कसरी आयो भनेर विश्लेषण गर्न जरुरी छ ।’
उनले समयमै निर्वाचन गर्न र लोकतन्त्रलाई लिकमा ल्याउने काममा एमाले पछि हट्न नहुने भन्दै बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई तत्कालीन सरकारले प्रतिशोधपूर्ण ढङ्गले हिरासतमा राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण