बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एनपीएल फाइनलः १० ओभरमा सकिँदा सुदूरपश्चिमले बनायो ४१ रन

शनिबार, २७ मङ्सिर २०८२, १६ : २२
शनिबार, २७ मङ्सिर २०८२

सारांश

  • सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच एनपीएलको उपाधिका लागि खेल भइरहेको छ।
  • टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १० ओभरमा ४१ रन बनाउँदै ३ विकेट गुमायो।
  • सुदूरपश्चिमका विनोद भण्डारी शून्य रनमा आउट भए भने आरिफ शेखले ६ रन बनाए।

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले १० ओभरको समाप्तिमा जम्मा ४१ रन मात्र बनाएको छ भने तीन विकेट गुमाएको छ । 

पावर प्लेमै तीन विकेट गुमाएर दबाबमा परेको सुदूरले आज भरपर्दा ब्याटर विनोद भण्डारीलाई शून्य रनमै गुमाएको थियो भने अन्य ब्याटरहरू पनि चलेनन् । आरिफ शेख पनि ६ रन बनाएर आउट भए । त्यस्तै शेल्डन ज्याक्सनले पनि मात्र १ रन बनाउन सके भने सुदूरले इनिङको ६० बल सकिँदा मात्र एक छक्का र एक चौका जोड्न सक्यो । 

पहिलो ओभरमा पहिलो विकेट गुमाएको सुदूरले दोस्रो ओभरको तेस्रो बलमा अर्को विकेट गुमाएको थियो, यी दुवै विकेट ट्रम्पलमानले लिए । दोस्रो विकेटका रूपमा ट्रम्पलमानले शेल्डन ज्याक्सनलाई एलबीडब्ल्यू धरापमा पारेका थिए । 

त्यस्तै आज शेर मल्लले पनि एक विकेट लिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप