उम्मेदवार सिफारिसमा ‘टिपेक्स’ काण्ड, कांग्रेसका १९ जनाले दिए सामूहिक राजीनामा
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै गर्दा विवाद उत्पन्न भएको छ।
- नवलपुरमा उम्मेदवार सिफारिसमा बदमासी भएको भन्दै क्षेत्रीय सभापतिसहित १९ जनाले सामूहिक राजीनामा दिएका छन्।
- छनोट प्रक्रियामा विधि मिचिएको र तल्लो तहबाट सिफारिस भएका नाम परिवर्तन गरिएको उनीहरूको आरोप छ।
पोखरा । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिरहेको छ ।
नवलपुरमा उम्मेदवारको सिफारिसमै बदमासी भएको भन्दै प्रदेशको क्षेत्रीय सभापति सहित १९ जनाले सामूहिक राजीनामा दिएका छन् । आम नेता कार्यकर्ताको भावनाविपरीत नाम सिफारिस गरिएको भन्दै क्षेत्र नम्बर १ (१) का सभापति गोपालप्रसाद सापकोटा, क्षेत्र नम्बर १ का सचिव शालिकराम सापकोटा, सहसचिव टीकाराम सापकोटा र तेजप्रसाद घिमिरेसहित कार्यसमितिका १९ जनाले राजीनामा दिएका हुन् ।
उनीहरूले क्षेत्रीय सभापति अमृत भट्टचनलाई राजीनामा बुझाएका हुन् । छनोट प्रक्रियामा विधि र पद्धति मिचिएको तथा तल्लो तहबाट सिफारिस भएका नाममा ‘टिपेक्स’ लगाएर परिवर्तन गरिएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।
‘सिफारिस गर्ने क्रममा वडा र नगर कार्यसमितिबाट माग गर्ने र स्थानीय लोकप्रिय व्यक्तित्वलाई अघि सार्ने हाम्रो चाहना थियो,’ सचिव शालिकराम सापकोटाले भने, ‘तर माथिबाटै लादेर, केन्द्रको दबाबमा सिफारिस गरिएका नाममा टिपेक्स लगाएर अर्को नाम पठाइयो । यसप्रति हाम्रो घोर असहमति छ ।’
तत्कालका लागि पदबाट मात्रै राजीनामा दिएको र अझै सुधार नभए पार्टीबाटै बाहिरिने उनको चेतावनी छ । ‘विधि मिचेर जनभावनाविपरीत पुराना र वरिपरिका मान्छेलाई मात्र अवसर दिने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको छ,’ उनले थपे ।
राजीनामा दिनेहरूमा क्षेत्रीय कार्यसमितिका ७ जना पदाधिकारीमध्ये ४ जना छन् । यस्तै अन्य कार्यसमिति सदस्यहरू र तरुण दल क्षेत्र नम्बर १ (१) का सभापति राजु पौडेलले पनि राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण