‘जागिर खाली रहेछ, भनिदिनुस् न मन्त्रीज्यू’ भनी अनुरोध नगर्नु : मन्त्री पुन
आइतबार, २८ मङ्सिर २०८२, १० : ००
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन्। उनले यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको स्पष्ट पारेका हुन्।
मन्त्री पुनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्, ‘कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागीर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला। नेपालमा कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण नै यहि हो।’
उनले नेताहरूले व्यक्तिगत र पार्टीको स्वार्थका लागि नियम कानुन मिचेर अनैतिक तरिकाले चाकरीको भरमा लोभीपापी र अयोग्य व्यक्तिहरूलाई उच्च पदहरूमा नियुक्त गरेका कारण नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेको र ‘जेनजी विष्फोट’ भएको जिकिर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण