मनाङमा भूकम्पको धक्का
आइतबार, २८ मङ्सिर २०८२, १३ : २८
सारांश
- आइतबार दिउँसो मनाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
- भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको थियो, केन्द्र थोचे आसपास रहेको थियो।
- पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू गइरहेका छन्।
काठमाडौँ । मनाङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको थोचे आसपास रहेको थियो । भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू गइरहेका छन् । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण