द ब्रिटिस स्कुलद्वारा समाचारको खण्डन
आइतबार, २८ मङ्सिर २०८२, १४ : ५८
काठमाडौँ । ललितपुरको झम्सिखेलस्थित ‘द ब्रिटिस स्कुल’ले रातोपाटी डटकममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन गरेको छ।
स्कुलका तर्फबाट अख्तियारप्राप्त प्रतिक खड्काले पठाएको पत्रमा मिति २०८१/०८/११ गते प्रकाशित “'द ब्रिटिस स्कुल' मा विदेशीको रजाई, अध्यागमनमा उजुरी” शीर्षकको समाचार भ्रामक र कपोकल्पित रहेको उल्लेख गरिएको छ।
खण्डनमा कुनै व्यक्तिले अध्यागमन विभागमा उजुरी दर्ता गराएको आधारमा मात्रै, सम्बन्धित तथ्यको सत्य–तथ्य छानबिन नगरी तस्बिर तथा विवरण सार्वजनिक गर्नु बदनियतपूर्ण रहेको पत्रमा उल्लेख छ। अनलाइन माध्यमले व्यक्तिगत गोपनीयता उल्लङ्घन र व्यावसायिक आचारसंहिता विपरीत नियतवश बदनाम गर्ने उद्देश्य राखेको देखिएको स्कुलले दाबी गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण