बासपानी सामुदायिक वनबाट अवैध काठ बरामद
कैलाली । कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा कटान गरिएको १२८ क्यू फिट काठ बरामद गरिएको छ ।
डिभिजन वन कार्यालय धनगढीबाट खटिएको टोलीले आइतबार चुरे पहाडी क्षेत्रको उक्त वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त काठ बरामद गरेको हो ।
कार्यालय प्रमुख रामविचारी ठाकुरले भने, “चुरे क्षेत्रमा व्यापक रुपमा काठको चोरी तस्करी भइरहेको सूचना पाएपछि गस्ती टोलीले सालको काठ बरामद गरेको हो ।”
जङ्गलभित्र हातेआरा प्रयोग गरी चिरान गरेर तस्करले सिस्नु र बाँसको झाङमा लुकाएको अवस्थामा उक्त काठ बरामद गरिएको हो । काठ तस्करीमा संलग्न व्यक्तिको खोजतलास भइरहेको वन अधिकृत ठाकुरले बताए ।
सबैभन्दा बढी वन क्षेत्र रहेको कैलाली जिल्लामा पछिल्ला वर्षमा वन फडानी र तस्करी बढ्दै गए पनि रोकथामको प्रभावकारी पहल नभएको जनगुनासो छ । खासगरी जिल्लाका विभिन्न सडक क्षेत्र आसपासमा रहेको वन क्षेत्र फडानी गरेर वस्ती बस्ने गरेको छ ।
स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएका जिल्लाका अधिकांश सामुदायिक वनको संरक्षण, सम्वर्द्धन एवं व्यवस्थापनको काम भने नमूनाको रुपमा रहेको छ ।
यसैबिच प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मान्त्रालयले वन पैदावार बिक्री वितरण लगाइएको प्रतिबन्ध आज फुकुवा गरिएको जनाएको छ ।
वन पैदावार बिक्री वितरमण प्रतिबन्ध लगाउँदा जिल्लाका सामुदायिकलगायत वनमा सङ्कलन गरी घाटगद्दी गरिएको ठूलो परिमाणको काठ कुहिने अवस्थामा पुगेको थियो ।
विभिन्न सामुदायिक वनका उपभोक्ता समितिले सरकारले वनपैदावार बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण