नेकपा एमालेको नेतृत्व चयनमा आज उम्मेदवारी मनोनयन, भोलि मतदान
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ८ बजेबाट भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ ।
आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने छ । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ । उम्मेदवारीको फारम पनि वितरण गर्दैगर्छौं’ सुब्बाले भने, ‘उम्मेदवारी दर्ता बिहान १०.३० देखि दिउसो १.३० बजेसम्ममा सकिनेछ । ’ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ । उम्मेदवारका विरुद्ध उजुरी दिने समय २.३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
शनिबारदेखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् । एमालेको नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण