‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक
काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको एकसाथ अभिनय रहेको पहिलो चलचित्र ‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ ।
रोमान्टिक थिममा तयार गरिएको भिडियो फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको छ । गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो ‘सास’ बन्न अनुरोध गरेको देख्न सकिन्छ । गीतमा दुईको जोडी सुहाउँदो छ ।
गीतमा केतन क्षेत्रीले स्वर, कोशिश क्षत्रीको शब्द तथा संगीत र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।
लक्ष्मण रिजालको निर्देशन रहेको ‘कायरा’मा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह–निर्माताको रुपमा रहेका छन् । १८ साउनबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण