नेपाल मानवअधिकार चलचित्र महोत्सवः 'रिहाना'लाई नेपाली पानारोमा अवार्ड
काठमाडौँ । सुरज पौडेल निर्देशित 'रिहाना'ले १३औँ संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत नेपाली पानारोमा अवार्ड जितेको छ ।
ग्रामीण परिवेशमा सुटिङ गरिएको यस फिल्ममा १३ वर्षीया बालिकाको कथा देखाइएको छ । यस वर्ष ‘बाल अधिकार’ लाई मुख्य थिम बनाएर महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवअन्तर्गत उत्कृष्ट डकुमेन्ट्री सर्ट 'एल मिना', उत्कृष्ट फिक्सन सर्ट 'डन्ट बी लेट माइरा' र उत्कृष्ट फिचर 'लाप्टिन'ले जितेका छन् । त्यस्तै अनुस्का अर्याल र कामनाले उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड जितेका छन् ।
नानी सारा वाकरले जुरी मेन्सन अवार्ड जितेकी छन् ।

मंसिर २५ देखि काठमाडौँमा सुरु भएको यस महोत्सवका दौरान २६ दशका ५० भन्दा धेरै फिल्म देखाइएको आयोजक नेपाल मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले जानकारी दिए । नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका हलहरूमा चलचित्र देखाइएको थियो ।
महोत्सवका दौरान विश्वभरका फिल्म निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरू उपस्थित भएका थिए ।
कान्स, बर्लिनाले, बुसानलगायत विश्वचर्चित महोत्सवहरूमा प्रदर्शन गरिएका चलचित्रहरू यस महोत्सवमा पनि देखाइएको थियो । बज्जिका भाषाको पहिलो फिचर फिल्म ‘अजुर’, कान्समा पाल्मे डि ओर (लघु चलचित्र) विजेता ‘आइए एम ग्ल्याड यु आर डेड नाउ’लगायत फिल्महरू महोत्सवका दौरान प्रदर्शन गरिएको केन्द्रका महासचिव आभास रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण