राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
- उनले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेकाले राजीनामा दिएका हुन्।
- थापा यसअघि कांग्रेसबाट धनकुटामा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ ।
सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै उनले राजीनामा दिएका हुन् ।
थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
थापा २०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । २०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको सल्लाहकार बनेका थापा राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएका हुन् ।
सल्लाहकारबाट राजीनामा र राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नेबारे जानकारी लिन खोज्दा थापा भने सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण