एमाले महाधिवेशन
तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग
मङ्गलबार, ०१ पुस २०८२, १३ : ५१
सारांश
- नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ।
- मतदानमा ढिलाइ भइरहेको भन्दै नेता अष्टलक्ष्मी शाक्यले निर्वाचन आयोगलाई भेटेर ध्यानाकर्षण गराएकी छिन्।
- ईश्वर पोखरेलले मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको आरोप लगाएका छन्।
काठमाडौँ । नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ । मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको ईश्वर पोखरेलको आरोप छ । दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन नसकिरहेका बेला ईश्वर पोखरेलले तत्काल मतदान सुरु गर्न दबाब बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण