पुराना दल नागरिकको जीवनस्तर उकास्न र देशलाई समृद्ध बनाउन असफल भए: परियार
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले नेपालका पुराना राजनीतिक दलहरू व्यवस्था परिवर्तनमा सफल भए पनि नागरिकको जीवनस्तर उकास्न र देशलाई समृद्ध बनाउन पूर्णतः असफल भएको दाबी गरेका छन्।
मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष परियारले कांग्रेस, एमाले र माओवादीजस्ता दलहरू सत्ताको वरिपरि मात्र केन्द्रित हुँदा मुलुकमा निराशा छाएको बताए ।
अध्यक्ष परियारले विसं २०४६ सालपछि कांग्रेस र एमाले तथा २०६३ पछि माओवादी केन्द्रको उदय भए पनि यी दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको जिकिर गरे। उनले राजनीतिक व्यवस्था फेरिए पनि देशमा चरम भ्रष्टाचार, नातावाद र कुशासन मौलाएको भन्दै अबको निकास परम्परागत शक्तिबाट सम्भव नहुने ठोकुवा गरे। उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संरक्षक र नेता राम कार्कीलाई वैचारिक अभिभावक मान्दै अघि बढेको आफ्नो पार्टीले मात्र अबको पुस्ताको प्रतिनिधित्व गर्न सक्ने दाबी गरे।
सो क्रममा उनले विगतका राजनीतिक आन्दोलनहरूमा आफूहरूबाट भएका कमीकमजोरीप्रति आत्मालोचना गर्दै अब नयाँ शिराबाट अघि बढ्ने संकल्प गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण