यु-१९ एसिया कप: भारतका अभिज्ञान कुण्डूको अविजित दोहोरो शतक
सारांश
- यू-१९ एसिया कप क्रिकेटमा भारतका अभिज्ञान कुण्डूले मलेसियाविरुद्ध अविजित दोहोरो शतक बनाए।
- कुण्डूले १२५ बलमा १६ चौका र ९ छक्का प्रहार गर्दै २०९ रन बनाए, जसले भारतले ४०८ रन बनायो।
- यो खेल यू-१९ अन्तर्राष्ट्रिय खेलको मान्यता प्राप्त नभएका कारण कुण्डूको कीर्तिमान युथ ओडीआईमा समावेश हुँदैन।
दुबई । यूएईको दुबईमा भइरहेको यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारतीय विकेटकिपर-ब्याट्सम्यान अभिज्ञान कुण्डूले मलेसियाविरुद्धको खेलमा अविजित दोहोरो शतक बनाएका छन्। दुबईको द सेभन्स स्टेडियममा भइरहेको यो खेलमा मलेसियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान अभिज्ञान कुण्डूले कुण्डूले मात्र १२५ बलमा १६ चौका र ९ छक्का को मद्दतले २०९ रन को अविजित पारी खेले। कुण्डूको ऐतिहासिक पारीको मद्दतले भारतीय यू-१९ टिमले ७ विकेट गुमाएर ४०८ रनको विशाल योगफल बनाएको छ।
कुण्डूबाहेक वेदान्त त्रिवेदीले १०६ बलमा ९० रन र वैभव सूर्यवंशीले २६ बलमा ५० रनको अर्धशतकीय पारी खेले। मलेसियाका लागि मुहम्मद अकरमले ८९ रन दिएर ५ विकेट लिए।
कुण्डूले बनाएको रन र दोहोरो शतक युथ ओडीआई खेलको रेकर्डमा जोडिने छैन। मलेसिया आईसीसीको पूर्ण सदस्यमा समावेश नभएका कारण यस खेललाई यू-१९ अन्तर्राष्ट्रिय खेलको दर्जा प्राप्त छैन।
यसअघि मलेसियाविरुद्ध नै पाकिस्तानका समीर मिन्हासले बनाएको १७७ रन र सन् २०१२ को एसिया कपमा बङ्गलादेशका सौम्य सरकारले कतारविरुद्ध बनाएको दोहोरो शतक पनि युथ ओडीआईको रेकर्डमा जोडिएको थिएन।
भारतले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको छ। पहिलो खेलमा यूएईलाई २३४ रनले हराएको थियो, जसमा वैभव सूर्यवंशीले १७१ रनको पारी खेलेका थिए। यस्तै, दोस्रो खेलमा भारतले पाकिस्तानलाई ९० रनले पराजित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण