सलमान नआएपछि सिमान्त गुरुङ पक्राउ
काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् ।
सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले रातोपाटीलाई जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो ।
तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले ‘सलमान नेपाल आउने कम्फर्म छ’ भन्दै ढाँटेर पैसा उठाइरहेका थिए ।
गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजार सम्मको टिकट विक्री गरेको बताइएको छ ।
‘सिमान्त गुरुङको बिरुद्धमा ठगी गरेको जाहेरी परेको छ’ एसएसपी सिंहले भने, ‘ठगी मुद्दमा म्याद लिएर अनुसन्धान शुरु गर्छौ ।’

केही समयअघि अभियुक्त गुरुङले ३ हजार देखि ५ हजार दरको टिकट बिक्री भएको बताएपनी ५ हजार देखि २० हजार सम्मको टिकट बेचेर करोडौँ उठाएको पाईएको प्रहरीले जनाएको थियो ।
यो पनि पढ्नुहोस् :
सलमान खान ल्याउने भन्दै उठाएको करोडौँ के हुन्छ ?

खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै उनि आउने भनिएको पहिलो मितिको भ्रमण क्यान्सिल भएको थियो तर गुरुङले गत ‘मे २६ आ आउने कन्फर्म छ, उहाँको म्यानेजरले चिन्ता गर्नुपर्दैन’ भन्दै टिकट बिक्री गरेका थिए ।
आडिसी इन्टरटेनमेन्टले राष्ट्र बैंकमार्फत खानलाई ६ करोड बढी पैसा पठाइसकेको गुरुङले दाबी गरेका थिए । सलमान खान टुँडिखेल आउँदा १० देखि १२ करोडको रुपैयाँको लागत अनुमान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण