लेखक सुवेदीको निर्देशनमा 'शिरजरा' बन्ने
काठमाडौँ । फिल्म ‘शिरजरा’ निर्माण हुने भएको छ । नेपालको फिल्म निर्माण संस्था किङ्गडम नेटवर्कसँग अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मसले सहकार्य गर्दै यो फिल्म निर्माण गन लागेको हो ।
विकास सुबेदीको लेखन तथा निर्देशन रहने फिल्मका निर्माण सुवास भुसाल (नेपाल) हुन् । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुनेछ । फिल्म लेखकको रूपमा परिचित सुवेदी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । सुवेदी र भुसालले यस अघि लेखक र निर्माताको रूपमा फिल्म ‘पुजार सार्की’मा सहकार्य गरेका थिए ।
मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने बताइएको फिल्मको कथा कथा भने खुलाइएको छैन । हाल प्रि–प्रोडक्सनको काम भइरहेको फिल्मको छायाङ्कन फेब्रुअरी २०२६ देखी शुरु हुनेछ । फिल्मका कलाकार तथा प्राविधिकबारे छिट्टै एक कार्यक्रम सहित जानकारी दिने निर्देशक सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण