शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
यू–१९ एसिया कप

यू–१९ एसिया कप : नेपालको लगातार तेस्रो हार

बुधबार, ०२ पुस २०८२, १६ : ३२
बुधबार, ०२ पुस २०८२

काठमाडौँ । दुबईमा जारी यू–१९ एसिया कपमा नेपाल जितविहीन बनेको छ । समूह बी रहेको नेपाल बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय २५ रनको झिनो लक्ष्य अफगानिस्तानले ४ विकेटको क्षतिमा २६.५ ओभरमा पछ्यायो । अफगानिस्तानको जितमा उजैरुल्लाह नियाजाईले अर्धशतकीय पारी खेले । उनले मात्र ५९ बलमा ७ चौका र २ छक्काको मद्दतले ६१ रन बनाए ।

ओपनर ओसमान सादतले २८ रन तथा फैसल सिनोजादले १३ रनको योगदान दिए । कप्तान महबुब खान र अजिजुल्लाह मियाखिलले ११–११ रन जोडे । नेपालका लागि अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्मा र चन्दन राम १–१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भएको थियो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । 

त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।  अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुईरदुई विकेट हात पारे ।

नेपाल यसअघि श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । नेपाल शून्य अंकसहित समूह बीको पुछारमा रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप