फिफा विश्वकपको पुरस्कार राशिमा भारी वृद्धि
काठमाडौँ । फिफाले आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपका लागि सहभागी टोलीहरूलाई दिइने पुरस्कार राशिमा ५० प्रतिशतले वृद्धि गरेको घोषणा गरेको छ ।
फिफा काउन्सिलले अनुमोदन गरेको कुल ७२७ मिलियन डलरको कीर्तिमानी वित्तीय वितरणको यो एक मुख्य हिस्सा हो। नयाँ व्यवस्था अनुसार विश्वकप जित्ने टोलीले ५० मिलियन डलर पुरस्कार पाउनेछ भने उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछ ।
समूह चरणबाटै बाहिरिने टोलीहरूका लागि पनि ९ मिलियन डलरको व्यवस्था गरिएको छ। यसका साथै प्रत्येक छनोट भएका टोलीलाई तयारी खर्च स्वरूप १.५ मिलियन डलर प्रदान गरिनेछ, जसको अर्थ सहभागी हुने प्रत्येक राष्ट्रले कम्तीमा १०.५ मिलियन डलर पाउने सुनिश्चित भएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो भुक्तानीले विश्व फुटबल समुदायमा ठुलो आर्थिक योगदान पुग्ने र यो विश्वकप ऐतिहासिक हुने बताएका छन् ।
यो घोषणा फिफाले विश्वकपका सबै १०४ खेलका लागि टिकट दरमा व्यापक आलोचना खेपेपछि केही सस्तो टिकटहरू उपलब्ध गराएको भोलिपल्ट सार्वजनिक भएको हो ।
फिफाले टिकटको मूल्य संरचनालाई लिएर भएको विरोधलाई सम्बोधन गर्न ४५ पाउन्डका केही टिकटहरू पनि उपलब्ध गराउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण