देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताएका छन् ।
श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, “काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ । श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ ।”
अध्यक्ष साम्पाङले नेपाली समाजमा कामलाई सानो ठान्ने चलनलाई चुनौती दिँदै भने, “देशमा कामलाई सानो भनिएकै कारण विकास भएको छैन । हामीले श्रमिकलाई अपमान गर्न हुन्न र सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ । आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नेछ । विकास र निकास श्रम संस्कृतिले मात्र सम्भव छ ।”
उनले अगाडि भने, “श्रमिक भनेको केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने मात्र होइन । शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै मान्छे श्रमिक हुन् । हामी सबै श्रमिक हौँ र श्रमिकको सम्मानले मात्र समाज र राष्ट्र अगाडि बढ्छ ।”
कार्यक्रममा सवारी चालक, मजदुर, सामाजिक सङ्घसंस्था र पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण