एमाले महाधिवेशन
मतदानस्थलमा दिनभर : ओली ज्याेतिसँग गफिए, मतदाताले भाेट हाल्न ३ घण्टा लगाए
बुधबार, ०२ पुस २०८२, २१ : ०१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदाताहरूले मत खसालिरहेका छन् । मंगलबार हुने भनिएको मतदान बुधबार बिहान ९:१५ बजेबाट भृकुटीमण्डपमा सुरु भएको थियो ।
सुरुमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत खसाले । उनीहरुले मत हाल्न एक घण्टा भन्दा बढी समय लगाए ।
भोट हालेपश्चात् ओली केही फोटो सेसन(ज्योति मगरदेखि कोमल वली) मा गफिए । मतदान एकदमै सुस्त भइरहेको थियो । ईश्वर र उनको टीम निरन्तर मत माग्न मैदानमा थियो । अहिले केपी शर्मा ओली मतदानस्थलमा पुगेका छन् ।
यस्तै एउटै व्यक्तिले तीन घण्टा भन्दा बढी समय लगाएर मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । चिट चोरेर(लिस्ट हेरेर) भोट हाल्दा ढिला भएको आयोगले बताएको छ ।
आयोगका अनुसार मतदान रातभर सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण