‘मर्छु हजुर’ मा पल र अनिताको रोमान्टिक अभिनय
बिहीबार, ०३ पुस २०८२, ०९ : ०९
सारांश
- पल शाह र अनिता गिरीको अभिनय रहेको ‘मर्छु हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ।
- भिडियोमा पल र अनिता रोमान्टिक जोडीको रूपमा प्रस्तुत भएका छन्, जसले मायाको कथा बोकेको छ।
- बिक्रम चौहानले निर्देशन गरेको यस गीतमा गायक धुब्र बिक र गायिका मनिषा सुनारको आवाज रहेको छ।
काठमाडौँ । अभिनेता पल शाह र अनिता गिरी अभिनीत ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। भिडियोमा अभिनेता पल र अनिता रोमान्टिक जोडीको रूपमा देखिएका छन् ।
एकअर्काबिचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले गरेका हुन्।
गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द सङ्गीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।
यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ। उनी म्युजिक भिडियोमा मात्र सीमित रहेकी छैनन्। उनले आधा दर्जन भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण