एमालेको १९ सदस्यीय पदाधिकारीमा एक जना महिला निर्वाचित
बिहीबार, ०३ पुस २०८२, १३ : ५३
सारांश
- नेकपा एमालेको महाधिवेशनमा एक जना महिला मात्रै पदाधिकारीमा निर्वाचित भइन्।
- केपी शर्मा ओलीको प्यानलबाट सचिवमा पद्मा अर्याल निर्वाचित भइन्, उनले १५३० मत ल्याइन्।
- डा. बिन्दा पाण्डे र रचना खड्का उपाध्यक्ष र सचिवमा पराजित भए।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट १९ १९ सदस्यीय पदाधिकारी समिति निर्वाचित हुँदा एक जना मात्रै महिला उम्मेदवार निर्वाचित भएकी छन् ।
अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेदवारी दिएकी पद्मा अर्यालमात्रै निर्वाचित भएकी हुन् । अर्याल १५३० मत ल्याएर सचिवमा निर्वाचित भएकी हुन् ।
पदाधिकारीमा अर्यालसहित डा.बिन्दा पाण्डे, रचना खड्का प्रतिस्पर्धा गरेका थिए । डा.पाण्डे उपाध्यक्षमा र खड्का सचिवमा प्रतिस्पर्धा गरे पनि निर्वाचित हुन सकेनन् ।
डा. पाण्डेले ९२१ मत ल्याए पनि जितका लागि पर्याप्त भएन । खड्काले ८७७ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण