बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहीबार, ०३ पुस २०८२, १४ : २५
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको दरबारमार्गबाट बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–४ स्थित चप्पल कारखाना बस्ने ७७ वर्षीय शोभन शमशेर जबरा छन् ।

काठमाडौँ जिल्ला अदालतले २०८१ पुस ५ मा २ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।

उनलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप