राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त
काठमडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उनलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो ।
विगत २५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत डा.सुवेदी यसअघि कोषको वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा रहेका थिए । पदीय जिम्मेवारीका क्रममा डा.सुवेदीले नेपालको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् । उनकै पहल र सक्रियतामा नेपाल सरकारले ललितपुरस्थित सदर चिडियाखानाको व्यवस्थापन आगामी ३० वर्षका लागि पुनः राष्ट्रिय प्रकृति संरक्षण कोषलाई नै जिम्मा दिने निर्णय गरेको थियो । यसका साथै, उनको नेतृत्वदायी क्षमता र अन्तर्राष्ट्रिय समन्वयका कारण विभिन्न दातृ निकायबाट संरक्षण केन्द्रित दुई सय भन्दाबढी परियोजनाहरू कोषमा भित्रिएका छन् ।
यसैगरी प्राज्ञिक र अनुसन्धानको क्षेत्रमासमेत डा.सुवेदीको उपस्थिति प्रभावशाली रहेको कोषले जनाएको छ । उनका हालसम्म करिब दुई सय भन्दाबढी उच्चस्तरीय अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन् भने दई दर्जनभन्दा बढी शोधकर्तालाई विद्यावारीधि (पीएचडी) तहमा मार्गदर्शन गरेका छन् ।
संरक्षण विज्ञान र व्यवस्थापनमा दख्खल राख्ने डा सुवेदीको कार्यकालमा प्रकृति संरक्षण, वन्यजन्तु व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा थप नवीन र रणनीतिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण