अछाममा भीम रावलको विकल्प मानिएका बोहरा केन्द्रीय सदस्यमा निर्वाचित
सारांश
- अछामका झपट बोहरा नेकपा (एमाले) को खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
- उनी सुदूरपश्चिम प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री थिए, तर निर्वाचनमा पराजित भएका थिए।
- बोहराले माओवादी पृष्ठभूमि त्यागेर एमाले रोजेका थिए र छोटो समयमै अध्यक्ष केपी शर्मा ओलीको विश्वास जिते।
अछाम । अछाममा भीम रावलको विकल्पका रूपमा हेरिएका झपट बोहरा नेकपा (एमाले) को खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बोहराले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्नुपरे तापनि पार्टी संगठन र नेतृत्वको विश्वास जित्दै केन्द्रीय राजनीतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
तत्कालीन निर्वाचनमा भीम रावलको टिकट खोसेर उम्मेदवार बनेका कारण उनले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र कार्यकर्ताको विरोधको सामना गर्नु परेको थियो।
२०२४ सालमा अछामको दर्नामा जन्मिएका बोहराको पृष्ठभूमि बैंकिङ क्षेत्रसँग जोडिएको छ। मालिका विकास बैंक र नेपाल बैंकर्स एशोसिएसनको नेतृत्व गरिसकेका उनी २०६३ सालपछि मात्र सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।
सुरुमा माओवादी केन्द्रबाट राजनीतिक यात्रा थालेका उनले २०७४ मा प्रदेश सभा सदस्य जितेर मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। नेकपाको विभाजनपछि माओवादी त्यागेर एमाले रोजेका बोहरा छोटो समयमै अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र बन्न सफल भए।
प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग पराजित भए पनि उनले पार्टीको काममा निरन्तरता दिए। माओवादी पृष्ठभूमिबाट आएर एमालेको मूल प्रवाहमा स्थापित हुनु र केन्द्रीय सदस्यमा निर्वाचित हुनुले उनको राजनीतिक कद बढेको पुष्टि गरेको छ।
अछामको राजनीतिमा भीम रावलको प्रभावलाई प्रतिस्थापन गर्न खोजिरहेका बोहराका लागि यो जितले थप ऊर्जा प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण