निशुको जन्ती जाने रहर ! (भिडियो)
काठमाडौं - गायिका निशु ढकालको नयाँ गीत सार्वजनिक भएको छ ।
‘दाइको विहेमा जन्ती जाने हो’ बोलको गीत निशुले सार्वजनिक गरेकी हुन् ।
गीतमा नविनकुमार तिम्सिनाको शब्द, म्यूजिक र एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपश्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाईको अभिनय तथा नृत्य रहेको छ ।
निशुको सानैदेखि गीत संगीतमा रुचि थियो । आफू ७/८ कक्षामा अध्ययन गर्दै गर्दा गीत गाउन थालेको उनले रातोपाटीलाई बताइन् ।
यसअघि निशुले भजन एल्बम 'मेरो पाइला' सार्वजनिक गरिसकेकी छन् । साथै दशैं तिहार र तीज पर्वलाई लक्षित गरेर निशुले केही गीतहरु गाइसककी छन् ।
सानैदेखि गीत संगीतम रुचि भएकाले आफू यो क्षेत्रदेखि टाढिन नसक्ने उनले बताइन् । नेपली गीत संगीतमै राम्रो पहिचान बनाउने निशुको लक्ष्य छ ।
निशुले रातोपाटीलाई दिएको जानकारीअनुसार उनका केही नयाँ गीतहरु छिट्टै सर्वजनिक हुँदैछ ।
निशुको 'जन्ती जाने हो' गीत हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण