सरकारका क्रियाकलाप जेनजी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन् : लेनिन विष्ट
सारांश
- जेनजी आन्दोलनका प्रतिनिधि लेनिन विष्टले सरकार आन्दोलनको भावनाविपरीत चलेको आरोप लगाए।
- विष्टले जेनजी आन्दोलनभित्रका विभिन्न समूहलाई एकै ठाउँमा ल्याउन नसकिएको स्वीकार गरे।
- उनले निर्वाचनलाई राजनीतिक निकासको उपयुक्त र लोकतान्त्रिक बाटो भने।
काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधि लेनिन विष्टले वर्तमान सरकारका गतिविधिहरू आन्दोलनको भावना र यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘जेनजी आन्दोलनको एक सय दिन: उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली क्रान्तिकारी हुन नसकेको टिप्पणी गरे। विष्टले जेनजी आन्दोलनभित्र ३० देखि ४० वटा विभिन्न समूहहरू सक्रिय रहेको जानकारी दिँदै सबैलाई एउटै छातामुनि समेट्न नसकिएको यथार्थ समेत स्वीकार गरे।
आन्दोलनकारीहरूलाई 'सडक पक्ष' र 'सरकार पक्ष' भनेर वर्गीकरण गर्ने गरिएको चर्चा गर्दै उनले सडकमा रहेका युवा पुस्ताले अझै न्याय पाउन नसकेको गुनासो गरे। मन्त्रिपरिषद् गठन, विभिन्न नियुक्ति प्रक्रिया र सरकारका हालैका क्रियाकलापहरूले आन्दोलनको मर्मलाई सम्बोधन गर्न नसकेको उनको दाबी छ।
विष्टले अहिलेको जटिल राजनीतिक परिस्थितिको निकासका लागि विभिन्न विकल्पहरूमध्ये निर्वाचन नै सबैभन्दा उपयुक्त र लोकतान्त्रिक बाटो भएको धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण