अदालतको निर्णयले रास्वपा सदस्य र आम नागरिक हर्षित: रन्जु दर्शना
सारांश
- रन्जु दर्शनाले अदालतको निर्णयपछि रास्वपा सदस्य र नागरिक हर्षित भएको बताइन्।
- उनले निर्णयलाई वैकल्पिक राजनीतिका लागि महत्त्वपूर्ण भन्दै फेसबुकमा लेखिन्।
- दर्शनाले रास्वपा र रवि लामिछानेले प्रतिशोध खेपेको र वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आधार तयार भएको बताइन्।
काठमाडौँ । उच्च अदालतको पछिल्लो निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्यहरू र आम नागरिक अति हर्षित भएको रास्वपा नेतृ रन्जु दर्शनाले बताएकी छन् ।
बिहीबार फेसबुकमा लेख्दै उनले अदालतको निर्णयलाई वैकल्पिक राजनीतिका लागि महत्त्वपूर्ण भन्दै यस्तो बताएकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘ आजको उच्च अदालतको निर्णयले हामी सम्पूर्ण रास्वपा सदस्य लगायत आम नागरिक अति हर्षित छौं । वैकल्पिक राजनीतिको एक सशक्त खम्बा अब खुल्ला आकाश मुनी आम नेपाली सॅंगै हुन पाउनेछन् ।’
दर्शनाले छोटो समयमा रास्वपा र सभापति रवि लामिछानेले राज्यस्तरबाट व्यहोर्नु परेको प्रतिशोधको साक्षी आफूहरू बनेको बताएकी छन् । साथै रास्वपाले संसदमा देखाएको अभ्यास र देशका अब्बल व्यक्तिहरूलाई स्थान दिएको प्रयासले वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आधार तयार भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण